काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर विक्री गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
१ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर कम्पनीले विक्री गर्नेछ ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ कायम हुनेछ ।
हकप्रद शेयर निष्कासन प्रयोजननका लागि कम्पनीले माघ १५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको यो हकप्रद शेयर खरीद गर्न सक्नेछन् । चैत ७ गतेसम्म कम्पनीले हकप्रद शेयर विक्री खुला राख्ने बताएको छ ।