काठमाडौं। निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेका जलविद्युत् आयोजनामा खटाउनका लागि जेड कन्सल्ट प्रालिले इन्जिनियर माग गरेको छ। जलविद्युत प्रवर्द्धकद्वारा पहिचान भइ अघि बढेका आयोजनामा खटाउने गरी जेड कन्सल्टले ओभरसेयर, इन्जिनियर माग गरेको हो।
कम्पनीले सिभिल इन्जिनियर र सिभिल ओभरसेयर माग गरेको छ ।सिभिल इन्जिनियरका लागि सिभिल इन्जिनियरीङ विषयमा स्नातक गरेको र ‘क्यू ए र क्यू सी’ हाइड्रो पावर आयोजनामा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ ।
यसैगरी ओभरसेयरका लागि सिभिलमा डिप्लोमा गरेको र ‘क्यू ए र क्यू सी’ मा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ । टनेलमा खटाउनका माग गरिएको आवश्यक सिभिल इन्जिनियरका लागि भने सिभिल इन्जिनियरीङमा स्नातक गरी जलविद्युत् आयोजनाको सुरुङमा ३ वर्ष काम गरेको हुनुपर्ने छ ।
इच्छुक योग्य व्यक्तिले फागुन १३ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनु पर्नेछ ।