दार्चुला। नौगाड गाउँपालिकाले परम्परागत पानी घट्टबाट सुधारिएको घट्ट निर्माण गरेको छ । गाउँपालिकामा ६ वटा सुधारिएको घट्ट निर्माण गरिएको हो ।
प्रविधिको विकाससंगै गाउँपालिकामा पनि सुधारिएको पानी घट्ट निर्माण गरिएको उपाध्यक्ष जगत सिंह ठगुन्नाले जानकारी दिए ।
गाउँपालिकाको हाेपरीमा पाइपको सहायताले कम पानीमा पनि घट्ट चल्ने भएपछि परम्परागत घट्ट विस्तापित भएको हाे । साथै, परम्परागत घट्ट निर्माण गर्न धेरै झन्झट हुने, समय बढी लाग्ने भएकोले सुधारिएको घट्ट निर्माण गरेको उपाध्यक्षको भनाइ छ ।
स्थानीयलाई पिसानी गर्नमा सहजता होस् भनेर सुधारिएको घट्ट निमार्ण गरेको बताए ।
स्थानीयको मागअनुसार सुधारिएको पानी घट्ट फेरी पनि निर्माण गरिने उनको भनाइ छ । पछिल्लो समय सुधारिएको घट्टबाट मकै, गहुँ, कोदो पिसाउन पाउँदा स्थानीय खुसी भएको उनले बताए । गाउँपालिकाले सुधारिएको घट्ट निर्माणका लागि एक लाख बजेट विनियोजन गरेको छ ।