काठमाडौं। आवास निर्माण नेपाल २०२४ आगामी वैशाख अन्तिम साता आयोजना हुने भएको छ। हाउस अफ राजकर्णिकारले वैशाख २७ गते देखि ३० सम्म भृकुटीमण्डपमा आवास र निर्माण नेपाल २०२४ को आयोजना गर्न लागेको हो।
बिक्रेताहरूका आवास र निर्माण नेपाल २०२४ बजारमा विश्वास देखाउने र क्रेताहरूमा विश्वास जगाउन कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका छन्।
आवास र निर्माण नेपाल २०२४ नेपालमा आवास, निर्माण र पूर्वाधार क्षेत्रको विशाल आकार, वृद्धि र सम्भावनाबाट प्रेरित भएको उल्लेख छ। नेपाल ल्यान्ड हाउजिङ डेभलपर्स एसोसिएसन (एनएलएचडीए)का अनुसार नेपालमा वार्षिक १ लाख ४० हजार घरको माग रहेको छ तर नेपालले वार्षिक करिब २५ हजार घर मात्र निर्माण गर्न सक्ने अवस्थामा छ।
आवास र निर्माण नेपाल २०२४ ले क्रेता(विक्रेता भेटघाट, आवासीय निर्माण क्लिनिक र उद्योग अन्तरक्रिया मञ्चमा पूर्वाधार टेन्डर बोलपत्रको कला र विज्ञानू, राष्ट्रिय भवन संहिता अनुपालनू र ग्रिन बिल्डिङ प्रमाणीकरण जस्ता विषय प्रस्तुत गर्ने कम्पनीले जानकारी दिएको छ।
आवास र निर्माण नेपालले साना व्यवसाय र व्यक्तिगत विक्रेताहरूलाई लक्षित गर्दै १२ हजारमा रियल ई स्टेट मार्ट स्टल उपलब्ध गराउने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आवास र निर्माण नेपाल २०२४ ले लगभग १ सय ७५ प्रदर्शकहरू हुने र लगभग २५ हजार आगन्तुकहरू आकर्षित गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।