काठमाडौं। शिवश्री हाइड्रोपावर लिमिटेडले ६ महिनामा २४ करोड ७६ लाख आम्दानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा विद्युत विक्रीबापत रू २४ करोड ७६ लाख आम्दानी गरेको हो।
यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा ९ दशमलव २० प्रतिशत वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू २२ करोड ६८ लाख आम्दानी गरेको थियो ।
दोस्रो त्रैमासमा भने कम्पनी रू ८ करोड ९३ लाख नोक्सानीमा छ । गत आवको दोस्रो त्रैमासमा पनि कम्पनी रू १३ करोड नोक्सानीमा थियो । यस आधारमा कम्पनीको नोक्सानी केही घटेको हो । कम्पनीको चुक्ता पूँजी रू १ अर्ब ४७ करोड छ । दोस्रो त्रैमाससम्ममा भने जगेडा कोष रू ९६ करोड ९१ लाख ऋणात्मक रहेको हो ।