काठमाडौं। घलेम्दी हाइड्रो लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि मङ्सिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको ३२ लाख १७ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको थियो ।
सर्वसाधारण तर्फको उक्त शेयर कम्पनीले माघ ९ गतेदेखि २३ गतेसम्म लिलामीमा विक्री गरेको थियो । सो अवधिसम्म प्राप्त शिलबन्दी बोलपत्र माघ २७ गते खोली फागुन २ गते कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट गरेको हो ।
प्रतिकित्ता १०० रूपैयाँ तोकिएको यी शेयर बाँडफाँटको कटअफ मूल्य भने १५१ रूपैयाँ ३५ पैसा रहेको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धकले दिएको छ । बाँडफाँटमा नपरेको शेयर वापतको रकम फागुन ६ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी कम्पनीले दिएको छ ।