स्याङ्जा। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारको प्राथमिकता भनेको समृद्ध देश निर्माण रहेको बताएका छन्। स्याङ्जाको चापाकोटमा बिहीबारबाट सुरु भएको ‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’ को शुभारम्भ गर्दै मन्त्री गुरुङले विकास निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।
उनले भने, ‘‘सरकारको प्राथमिकता भनेको समृद्ध देश निर्माण हो, हामी त्यसमा नै लागेका छौँ।’ विकास निर्माणमा सबैको सहकार्य जरुरी रहने भन्दै मन्त्री गुरुङले नेपाल एउटा घर र नेपाली एउटै परिवार भएको ठान्नुपर्ने बताए। जसको लागि सोचमा परिवर्तन गर्नुपर्ने उनको तर्क छ।
चापाकोटको कृषि क्याम्पस, ग्रामीण सडक, सिँचाइ, अस्पताल, कालीगण्डकीमा निर्माणाधीन पुल अलपत्र अवस्थामा परेको लगायतको सबै विषयमा आफ्नो आँखा पुगेको मन्त्री गुरुङले स्पष्ट पारे।