एजेन्सी। भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ। बिहीबार साँझ करिब ५ः३० बजे अलिपुरको एच ब्लक दयाल मार्केटमा रहेको केमिकल गोदाममाबाट सुरु भएको आगो नजिकैका पसल र घर समेतमा पुग्दा जलेर सात जनाको मृत्यु भएको हो।
करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि खोजी अभियानमा सात जनाको शव निकालिएको थियो । भित्र फसेका बाँकी व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ ।
आगो लागेपछि नजिकैका मानिसहरू भागेर ज्यान बचाउन पुगेका थिए । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।
घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका २२ वटा दमकलको सहयोगमा तीन घण्टाभित्र आगो नियन्त्रणमा लिएको थियो ।