काठमाडौं। गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासनको प्रक्रिया अगाडि बढेको छ । यो योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्ड सेबोनमामा अनुमति मागेको हो ।
क्यापिटलले माघ २८ गते निवेदन दिएको हो । सेबोनले अनुमति दिएपछि इकाईहरु निष्कासन हुनेछन् । यस योजनाको आकार १ अर्ब रुपैयाँबराबरको रहेको छ । गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन गर्नेछ । गरिमा समृद्धि योजना एउटा बन्दमुखी योजना हो।