काठमाडौं। स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा फागुन २७ गते प्रादेर्शिक कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै चालू आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चाल निर्वाचन गर्नेछ ।