हिले। ईन्डोर खेल खेलाउन सहज बनाउने उद्देश्यले धनकुटाको हिलेमा हिले बहुउद्देशीय कभर्ड हल निर्माण हुने भएको छ । कोशी प्रदेश सरकारको करिब तीन करोड ९० लाख रुपियाँको लागतमा सहरी तथा भवन निर्माण आयोजनाले कभर्ड हल निर्माण हुन लागेको हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सम्पूर्ण ईन्डोर खेलहरु हल भित्रै खेलाउन मिल्ने गरि करिब एक हजार दर्शक क्षमताको हल बन्न लागेको हो । दुई वर्ष अघिबाट निर्माण सुरु भएको सो आयोजना आउँदो चैत्र सम्ममा सो निर्माण भइसक्ने छ ।
हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको कार्यलयले जनाएको छ। यो कभर्ड हलले हिलेको खेलकुद गतिविधिलाई उर्जा थपि खेलकुद पर्यटनको क्षेत्रमा सहयोग पुर्याउने धनकुटा नगरपालिकाले जनाएको छ।