काठमाडौं। इष्टर्न साहारा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई चयन गरेको छ ।
कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रु. १०० को दरले ३० लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।