काठमाडौं। अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
आईपीओ निष्कासनलगायत प्रस्ताव पारित गर्न कम्पनीले फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।