म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङस्थित गौ बोम बस्त माविको भवन निर्माण गरिएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा, गाउँपालिका र स्थानीयवासीको संयुक्त आर्थिक साझेदारीमा भवन निर्माण गरिएको हो ।
एक करोड ६ लाख २० हजार रुपियाँ लागतमा नवनिर्मित आठ कोठे भवनको मङ्गलबार एक कार्यक्रमका बिच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रीन (एम.बि.ई) र गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गरेका हुन्।
गत आर्थिक वर्ष फागुन महिनादेखि सुरु भएको उपभोक्ता समितिमार्फत भवन निर्माणको काम चालु आर्थिक वर्ष फागुनमा सम्पन्न भएको थियो ।यस अघि जिर्ण भवन र साँघुरो कक्षा कोठामा पठनपाठन हुदै आएको भएपनि अहिले सुविधा सम्पन्न भवन निर्माण भएपछि बिद्यार्थीहरुमा खुशी पलाएको छ।