धनुषा। धनुषाको विदेह नगरपालिकाले विपन्न परिवारको लागि आवास निर्माण गर्ने भएको छ । पालिकाले करिब ९ करोड लागतमा ५० वटा घर निर्माण गर्न लागेको हो।
मुसहर समुदायलाई सुरक्षितको आवासको व्यवस्थापन गर्नको लागि नगरपालिकाले बस्ती निर्माण गर्न लागेको हो । बस्ती निर्माण गर्नको लागि नगरपालिकाले बोलपत्र आव्हान गरेको छ ।
नगरपालिकाको योजना शाखाका प्रमुख राघवेन्द्र साहका अनुसार पालिकाले वडा नम्बर ९ मा मुसहर बस्ती निर्माण लागेको हो ।