काठमाडौं। पोखरा महानगरपालिकामा अब ५ तलासम्म अग्लो भवन बनाउन पाइने भएको छ। महानगरपालिकाले बुधबार नयाँ भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै ५ तलासम्म अग्लो भवन बनाउन पाइने नीति लिएको हो ।
पाँच तलासम्मको भवन बनाउन दिने तर उक्त भवन बनाउनु अघि माटो परीक्षणपछि मात्रै कहाँ कस्तो ठीक हुन्छ, त्यहीअनुसार डिजाइन तयार गर्न लगाउने महानगरपालिकाका नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले बताए।
मापदण्ड तयार भइसके पनि राजपत्रमा छापिएपछि मात्र सार्वजनिक गरिने जानकारी दिए। यो सँगै पोखरा महानगरपालिकाले अब बन्ने सबै भवन, संरचनामा हरियो रङ लगाउने नीति पनि ल्याएको छ।