दोलखा। दोलखा जिल्लाको विगु गाउँपालिका–८ थामीचाँगूका ४५ घर परिवारको घर निर्माण हुने भएको छ। सहरी विकास कार्यालयले पुनर्निर्माणमा छुटेका ४५ परिवारको घर निर्माण गर्न लागेको हो।
भूकम्पमा परेका र पुनर्निर्माणमा छुटेका परिवारको घर निर्माणका लागि आवास निर्माणका लागि ४५ जनासँग सम्झौता गरेको सहरी विकास तथा भवन कार्यालय धुलिखेलले जनाएको छ।
जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ अनुसार प्रभावितले चार पटक गरेर ३ लाख ५० हजार रुपैयाँ रकम पाउने छन्।