प्युठान। प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाले भुकम्प प्रतिरोधि घर निर्माणको लागि तालिम दिने भएको छ । पछिल्लो समय भुकम्पको जोखिम बढेकाले पालिकामा आगामी निर्माण गरिने घर भुकम्प प्रतिरोधी बनाउन गाउँपालिकाले तालिम प्रदान गर्न लागेको हो ।
गाउँपालिकाअन्तर्गत ६ वटा वडाबाट ३र३ जना गरी १८ जनालाई तालिम उपलब्ध गराउन लागेको पालिकाले जनाएको छ। योग्यता र अनुभवका आधारमा भुकम्प प्रतिरोधि घर निर्माणको तालिमका लागि व्यक्ती छनौट गरिने छ।
पछिल्लो समय भुकम्प बढी गएर मानविय क्षति हुने भएकोले भुकम्प प्रतिरोधि घर निर्माण गर्न लागिएको हो। गाउँपालिकामा आगमी निर्माण गरिने सबै घर भुकम्प प्रतिरोधि हुने पालिकाको भनाइ छ।
इच्छुक योग्यता पुगेका र अनुभव भएका व्यक्तिले फागुन १३ गतेभित्र गाउँपालिकामा तालिमका लागि आवेदन दिन सकिने गाउँपालिकाले सूचना जारी गर्दै जनाएको छ ।