रुकुम पश्चिम। रुकुम पश्चिममा चार महिनाको अवधिमा २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम अझै जारी छ।
जिल्लाभर सात हजार तीन हजार ९१२ अस्थायी आवास निर्माणको चरणमा छन्। जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार ९६२ मध्ये अझै तीन हजार ९२८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
हालसम्मम सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा आठ हजार ९३३ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा ७०८ अस्थायी आवास निर्माण गरिएको छ। चौरजहारी नगरपालिकामा ६ हजार १९४, सानीभेरी गाउँपालिकामा पाँच हजार ७२१, त्रिवेणी गाउँपालिकामा तीन हजार ४९४ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका दुई हजार ९९३ अस्थायी आवास निर्माण गरिएको छ।