दार्चुला– नौगाड गाउँपालिकाले न्यूनतम रोजागारीमा संलग्न हुन आवेदन माग गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि रोजगारमा संलग्न हुन आवेदन माग गरेको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ मा न्यून आय भएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका बेरोगार नागरिकलाई आवेदन माग गरेको हाे। चालु आर्थिक वर्ष ८०/८१ मा बेरोजगार सूचीमा दर्ता भएका ३ हजार पाँच सय बेरोजगारमध्ये ९० जनालाई रोजगार दिएको थियाे।
रोजगारका लागि छनौट भएकाहरुले भौतिक निर्माणका कुलोकुलेसो, सडक निर्माण, घोरेटो बाटो, सिंचाई, नदिमा तटबन्दलगायतका काममा खटाउने पालिकाले जनाएकाे छ।
यही फागुन मसान्तसम्ममा वडा कार्यालयमा गएर बेरोजगार सूचीमा सूचीकृत भइसक्नु पर्ने छ ।