काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १० औँ वार्षिक साधारणसभा आयोजना गरेको छ । फागुन १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २९ गते गर्ने निर्णय हो ।
सभा काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले चुक्तापुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ । हकप्रद बिक्रीबाट उठेको रकम कम्पनीले युनाइटेड मेवा खोला हाइड्रोपावरद्वारा प्रवर्द्धिधत मेवा खोला जलविद्युत आयोजना (५० मेगावाट)मा लगानी गर्नेछ ।