काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको ३ लाख ९ हजार ८९२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ । कम्पनीले फागुन १५ गतेदेखि २२ गतेसम्म आवेदन दिन सकिने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
प्रतिकित्ता १०५ रुपैयाँ अंकित मूल्यमा विक्रीमा आएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र फागुन २३ गते बिहान खोलिने जानकारी कम्पनीले दिएको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । बोलपत्र आवेदन फारम विक्री प्रबन्धकको कार्यालय कमलादी, काठमाडौंमा प्राप्त गर्न र पेस गर्न सकिनेछ ।