काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी जलविद्युत आयोजना बनाउने घोषणा गरेका छन्। त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू अर्थमन्त्री भएकै समयमा काम थाल्ने बताएका हुन्।
उनले भने, “बूढीगण्डकी बनाउने हो।” त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो। यहाँका खेत धनीहरूले मुआब्जा समेत बुझिसकेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्ने समेत बताए। विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्ने समेत बताए।