मुगु। हिमाली जिल्ला मुगुमा एक साताभन्दा लामो समयदेखि विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको मेसीनमा समस्या आउँदा सो क्षेत्रमा विद्युत अवरुद्ध भएको हो।
अहिले विजुली नहुँदा गमगढी बजारका उद्योगधन्दा तथा अन्य काम प्रभावित भएका छन्। सो क्षेत्रका स्थानीयलाई ईन्भटर र सोलारमा मोवाईल चार्ज गर्न पनि सय रुपैयाँ तिर्नु पर्ने बाध्यता रहेको छ। जिल्लामा दक्ष प्राविधिक नहुँदा जुम्लाबाट प्राविधिक मगाएर मर्मत गर्दा पनि हालसम्म मेसिन बन्न सकेको छैन। यसैगरी मेसिन मर्मतको लागि नेपालगञ्जबाट थप प्राविधिक मगाएको भएपनि खराब मौसमका कारण प्राविधिकत्यहाँ पुग्न सकेका छैनन्।
विद्युत सेवा अवरुद्ध भएपछि त्यहाँको सथानीयको जीवन कष्टकर बनेको छ। नेट इन्टरनेट सेवा पनि अवरुद्ध भएका छन्। त्यसैले विभिन्न कामहरुमा प्रभाव परेको छ। साथै रातको समयमा बिजुली नहुँदा अधेरोमा चोरी हुने जस्ता आपराधिक घटना बढ्ने जस्ता कुराहरुले स्थानीयलाई सताएको छ। साथै साँझको समयमा हिडडुल गर्न पनि समस्या भएको छ।