काठमाडौं। गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागडी सडक योजनाले इम्मोर्टल कन्स्ट्रक्सनसँग ठेक्का तोडेको छ। योजनाले बिहीवार सूचना जारी गर्दै तिरतिरे पहिरोको प्रोटेक्सनको काम गरिरहेको इम्मोर्टल कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता तोडेको जानकारी दिएको हो।
२०७९ चैत २४ गते निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ चैत २५ गते ठेक्का सम्झौता भएपनि हालसम्म कामले तीव्रता पाएको थिएन। योजनाले पटक–पटक निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई लिखित तथा मौखिक ताकेता गर्दा पनि कम्पनीले बेवास्ता गरेपछि ठेक्का तोडेको आयोजनाले जनाएको छ।