गुल्मी। जिल्लाको चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ। कूल २ करोड ८६ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो।
नवनिर्मित भवनको सोमबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले उद्घाटन गरेका छन्।
भवन उद्घाटन गर्दे मन्त्री शर्माले सुरक्षा र त्यससँग सम्बन्धित विषयलाई चुस्त राख्नु सरकारको पहिलो कर्तव्य भएको बताए।
भवन निर्माणको जिम्मा तुल्सी कन्स्ट्रक्सन एण्ड अर्जुन विल्डर्स कम्पनीले लिएको थियो। लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा ११ वटा इलाका प्रहरी कार्यालय निर्माणका लागि रकम निकासा भएको थियो । जसमा गुल्मीमा पहिलोपटक कार्यालय उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराईले जानकारी दिए।
महिलामैत्री बनेको भवनमा कार्यालय भवन, व्यारेक भवन, भान्साघर र शौचालयको सुविधा रहेको भट्राईले जानकारी दिए।
चन्द्रकोटमा विगत २० वर्षदेखि सुरक्षाकर्मीहरु अस्थायी भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए।