काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ अर्को साता बाँडफाँट हुने भएको छ। विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आगामी बुधवारसम्ममा शेयर बाँडफाँट गर्ने तयारी गरेको हो।
क्यापिटलका अनुसार आइतवार आईपीओको प्रि अलोटमेन्ट गर्ने तयारी छ । त्यसपछि धितोपत्र बोर्डमा आईपीओ बाँडफाँटको लागि स्वीकृति माग गरिने र बोर्डले अनुमति दिएमा बुधबारसम्म आईपीओ बाँडफाँट गर्ने क्यापिटलको तयारी छ ।
कम्पनीको आईपीओमा माग भन्दा १९ दशमलव ३२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधवार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ। यो १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बरावरको आवेदन हो ।