काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ६ लाख ४१ हजार २८४ किक्ता शेयर वित्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
६ जना संस्थापक शेयरधनीको नाममा रहेको उल्लेखित कित्ता शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंबाट प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नझएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर वित्री गरिने जानकारी बैंकले दिएको छ ।