काठमाडौं। लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले २८ लाख ५ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि फागुन ११ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ । पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।