काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४३ रुपैयाँ ४५ पैसा र बिक्री दर १४४ रुपैयाँ १० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसा रहेको छ।
त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
