काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले फागुन २ गतेदेखि निष्कासन तथा विक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो ।
यस अनुसार कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बरावरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको छ ।
हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुक क्लोज गरेको थियो । यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।