काठमाडौं। सिटिजन्स बैंकले इन्टरनेसनल लिमिटेडले ४० हजार २३७ दशमलव ६४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०५ रूपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो ।
यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाऊने गरी विक्री खुला गरेकोमा सो अवधिमा वित्री नभएपछि दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्नृ पाउने गरी विक्रीमा ल्याएको हो ।
यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।