चितवन। निर्माण व्यवसायी संघ चितवनले देवघाटस्थित एक वृद्धआश्रममा सभाहल निर्माण गरिदिएका छन्। मंगलवार कार्यक्रमको आयोजना गरी निर्माण भएको उक्त सभाहल संघले वृद्धवृद्धाहरुलाई हस्तान्तरण गरेको हो।
१० लाख खर्च गरेर निर्माण गरिएको उक्त सभाहलको मंगलवार उद्धघाटन गरी वृद्धवृद्धाहरुलाई हस्तान्तरण गरिएको निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेलले जानकारी दिएका छन्।
यसैगरी देवघाटमा रहेको समाज कल्याण केन्द्र वृद्धाआश्रममा उक्त सभाहल बनाइएको हो। सो वृद्धाआश्रममा ३८ जना वृद्धवृद्धाहरु आश्रित रहेका छन्। सभाहल हस्तान्तरणसँगै त्यहाँ अश्रित वृद्धवृद्धाहरुलाई नगद तथा भोजनसमेत गराइएको जनाइएको छ। यसैगरी कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका रवि सिंह रहेका थिए।