काठमाडौं। काठमाडौं महानगरपालिकाले समानान्तर निर्माण सेवा प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ। तथ्य बंग्याई झुक्काई विवरण पेस गरेको भन्दै महानगरले तीन वर्षका लागि समानान्तर निर्माण सेवालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो।
महानगरले खोलेको ठेक्का प्रक्रियामा समानान्तरले बदनियतपूर्ण तरिकाले झुक्याएर कागजात पेस गरेको महानगरको भनाइ छ।
महानगरको मूल्यांकन समितिले समानान्तर निर्माण सेवा प्रालिले पेस गरेको कागजात झुटो र गलत भएको पाइएपछि त्यसको प्रस्तावलाई नै रद्ध गर्ने निर्णय गरेको थियो। मूल्यांकनमा गलत गरेको देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राख्न पत्र पठाएको महानगर स्रोतले जनाएको छ।