काठमाडौं। विद्युत नियमन आयोगले बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृती दिएको छ । आयोगले कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृती दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बरावर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बरावरको २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
गत पुस २९ गते सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।