काठमाडौं। निर्माण व्यवसायीको बक्यौता बारेमा अर्थमन्त्री वर्षमान पुनले चासो देखाएका छन्। मन्त्रालयमा भएको आन्तरिक ब्रिफिङको क्रमममा मन्त्री पुनले अहिले निर्माण व्यवसायीहरुको भुक्तानी के कति रहेको विषय चासो राखेका हुन्।
अर्थमन्त्री पुनले आन्तरिक ऋण उठाएर भएपनि भुक्तानी दिनको लागि निर्देशन समेत दिएका छन्।
अर्थमन्त्री पुनले अर्थसचिव कृष्णहरि पुस्कर र बजेट महाशाखा प्रमुख उत्तरकुमार खत्रिलाई निर्देशन दिँदै अहिले बैंकहरुमा तरलताको स्थिति सवल रहेको खण्डमा भुक्तानीकै लागि आन्तरिक ऋण थप गर्न भनेका हुन्।
आन्तरिक ऋणबाट तत्काल निर्माण व्यवसायीहरुको भुक्तानी गरिहाल्न भनेका हुन्। अर्थसचिव कृष्णहरि पुस्कर तथा बजेटम महाशाखा प्रमुख खत्रीसहितलाई लामो समयदेखि भुक्तानी हुन नसकेको गुनासो आफूले समेत सुन्दै आएको र त्यस समस्या सल्टाउन अर्थमन्त्रीले भनेका हुन्।