पाल्पा। पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा आधारभूत अस्पतालको भवन निर्माण सुरु भएको छ । रम्भा गाउँपालिकाको वडा नं. ५, ताहुँस्थित बाहुनडाँडामा १५ शय्याको आधारभूत अस्पताल निर्माण सुरु भएको हो ।
अस्पतालको भवन बनाउनका लागि १६ करोड ३७ लाख ८९ हजारमा निर्माण व्यवसायीसँग सम्झौतापछि काम सुरु गरिएको हो । अस्पतालको भवन निर्माण आगामी २०८३ भदौ ५ गतेभित्र सक्ने सम्झौतामा उल्लेख भएको रम्भा गाउँपालिकाले जनाएको छ।