काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
कम्पनीले मधु सूदन शर्माको नाममा रहेको १४ हजार कित्ता र प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री नझएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर वित्री गरिने जानकारी कम्पनीले दिएको छ ।