काठमाडौं। हेटौंडामा निर्माण भएको भाटभटेनी सुपरमार्केटकोे २०औँ शाखाको आज उद्धघाटन गरेको छ। आज बिहान भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले उक्त भाटभटेनीको उद्धघाटन गरेका हुन्।
यसैगरी उक्त शाखा १ अर्ब ५० करोड बढी लागतमा निर्माण गरिएको अध्यक्ष गुरुङले जानकारी दिएका छन्। उक्त भाटभटेनीमा आफुहरुले २५० जनालाई रोजगारी दिएको उनले बताएका छन्।
हेटौंडाको बीपी चोकदेखि अगाडी करिब ८५ लाखको लागतमा सडक मर्मत गरिएको उनले जनाएका छन्। भाटभटेनीले यो शाखा सञ्चालनमा ल्याउनु भन्दा पहिले नै १९ औँ शाखा इटहरीमा सञ्चालनमा ल्याइसकेको छ।