मनहरी। पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूको आर्थिक सहयोगमा मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका–८ मा एक तले चार कोठाको मनमोहन स्मृति भवन निर्माण भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौँडा ८ नं वडा कमिटीले आफ्ना कार्यकर्ता तथा पार्टी सदस्यहरूसँग रकम सङ्कलन गरेर भवन निर्माण गरिएको बताइएको छ। उक्त भवन कूल रु २० लाखको लागतमा निर्माण गरिएको हो । भवनको उद्घाटन नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सदस्य गोपालबहादुर श्रेष्ठले गरेका गरेका हुन्।