काठमाडौं। बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ। कम्पनीले विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको हो।
आयोगले कम्पनीलाई १ः१ को अनुपातका हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो । चुक्ता पुँजीको १ः१ को अनुपातमा हुन आउने २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको कम्पनीले जनाएको छ ।
कम्पनी निष्कासन गर्न लागेको सेयर ३.४५ मेगावाटको सिंकोस खोला जलविद्युत आयोजना र कम्पनीको स्वामित्वमा रहेको ०.७५ मेगावाटको तल्लो ठेउले खोला जलविद्युत् आयोजनामा लगानी गर्ने छ ।
कम्पनीले बाग्लुङ जिल्लाको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।