ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका विद्युतगृह पहिराले बगाए अन्धकार भएको छ। सिरिजङ्गाको वडा ५ र ६ मा दुई वर्षअघि विद्युतगृह पहिराले बगाएदेखि अन्धकारमय भएको हो।
केही घरपरिवारले सोलर प्यानल खरिद गरेर प्रयोग गरिएका भएपनि आर्थिक अवस्था कमजोर परिवार भने सोलारसमेत खरिद गर्ने अवस्था नभएकाले अँध्यारोमा बस्न बाध्य छन्। केही घरपरिवारले भने मट्टितेल प्रयोग गरेर टुकीको प्रयोग गरि गुजारा चलाइरहेका छन्।
खाकसेवा खोलाबाट ७५ किलोवाटको लघु जलविद्युत् आयोजनाले सिरिजङ्गा –५ पेदाङ र ६ मामाङ्खे गाउँमा छ सय घरले उपभोग गर्दै आएका थिए ।गत २०७९ साल असार २ गते राति अविरल वर्षासँगै गएको पहिराले विद्युत्गृह बगाएपछि गाउँ नै अन्धकारमय भएको बताइएको छ।