महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले मदनचोक क्षेत्रका २२ वटा सटर भत्काउन सुरु गरेको छ । केही दिनअघि पसल खाली गराएपछि आइतबार साँझदेखि सटरहरू भत्काउन सुरु गरेको हो ।
एशियाली विकास बैंंक (एडीबी)को क्षेत्रीय सहरी विकास अयोजनाअन्तर्गत मदनचोक क्षेत्रमा निर्माणाधीन सडकका लागि २२ वटा सटर बाधक देखिएका थिए । उक्त सटरका कारण मदनचोकदेखि होटल ओपेरा रोडसम्म निर्माण कार्य रोकिएको थियो । सटर भत्काउन सोमबार बिहानदेखि दुईवटा डोजर प्रयोग गरिएका छन् ।
सटर भत्काएपछि सडक निर्माणकार्य सुरु गरिने बताइएको छ। मदनचोकका व्यवसायीले सटर खाली गरी सडक निर्माण कार्य अघि नबढाउन विरोधका कार्यक्रम गरी नगरपालिकालाई दबाब दिएका थिए ।