काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडेड २ लाख ५५ हजार ७४१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा पेस गर्नुपर्ने भनाई कम्पनीको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले १३ जना संस्थापकको नाममा रहेको यी शेयर विक्री गर्न लागिएको बताइएको छ ।