काठमाडौं। निर्माण व्यवसायी संघ झापाका पूर्व कोषाध्यक्ष तथा सल्लाहकार, पूर्वाञ्चल निर्माण सेवाका प्रोपाइटर प्रकाशकुमार सिंहलाई पितृशोक परेको छ। निर्माण व्यवसायी संघ झापाका कार्य समिति सदस्य समेत रहेका सिंहलाई पितृशोक परेको हाे।
प्रकाशकुमार सिंहका पिता उपेन्द्रप्रसाद सिंहको बुधबार निधन भएको छ।सिंहको बुधबार नै दिउँसो १ बजे बिश्रान्ती घाट देउनियामा अन्त्येष्टी गरिएको छ।
सिंहको निधनप्रति नेपाल निर्माण व्यवसायी महासंघ, निर्माण व्यवसायी संघ झापा लगायत निर्माण व्यवसायीहरुले व्यक्तिगत रुपमा पनि दुख व्यक्त गरेका छन्। महासंघका महासचिव रोशन दाहालले विज्ञप्तिमार्फत शोकसन्तप्त परिवारमा समवेदना समेत प्रकट गरेका छन्।