काठमाडौं। धनुषाको जनकपुरमा २०० शय्याको क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ। उक्त अस्पताल विनयतारा फाउन्डेशनले निर्माण गर्ने भएको हो।
फाउन्डेशनका अध्यक्ष डा। विनय साह, बोर्ड सदस्य डा. डेभिड एबुलाफिया र विनयतारा फाउन्डेशन नेपाल ट्रस्टका अध्यक्ष डा. वाइपी सिंहले काठमाडौंमा पत्रकार सम्मेलन गरी क्यान्सर अस्पताल निर्माण गर्न लागेको बताएका हुन्। अहिले जनकपुरको कपिलेश्वर रोडमा २५ शय्याको विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर सञ्चालन गरिरहेको छ।
अस्पताल निर्माणका लागि अनुमति लिने कार्य, भवन निर्माणको आवश्यक जग्गा र शुरूआती लगानीको जोहो भइसकेको अध्यक्ष साहले बताए। चार बिघा जग्गामा २०० शय्याको अस्पताल बनाउन लागिएको हो।