तानसेन। बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन बनेको छ । दुई वर्ष लगाएर बगनासकाली गाउँपालिकाले नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो ।
बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण गरिएको प्रशासनिक भवनमा लिफ्टको सुविधासमेत छ । गाउँपालिकाको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत गरी कुल छ करोड ४७ लाख ८४ हजार रुपियाँमा प्रशासनिक भवन निर्माण भएको हो ।
दुई वर्षभित्र काम सकिने गरी वि.स. २०७८ फागुन ८ गते ठेकेदार कम्पनी न्यू ड्रागन आरआर जेभीसँग भवन निर्माणका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार समयमै भवन निर्माणको काम सकिएको पालिकाले जनाएको छ ।