हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकामा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड तयार गरिएको छ। आठौँ गाउँसभाले सिमकोट गाउँपालिकाको बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०८० पारित गरेको हो।
भवनहरू जथाभाबी बन्न थालेपछि गाउँपालिकाले त्यसलाई व्यवस्थित गर्नका लागि मापदण्ड तयार पारेको हो। मापदण्ड पारित भई सकेको र त्यसलाई तत्काल राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा ल्याउने पालिकाले जानकारी दिएको छ।
अब भवन निर्माण आधारभूत मापदण्डलाई कार्यान्वयन पक्षलाई जोड दिने गाउँपालिकाले जनाएको छ । यसअघि सो मापदण्ड नभएको कारण भवनहरू आफूखुसी निर्माण गर्ने प्रचलन बढ्दै गएको थियो ।