महोत्तरी। महोत्तरीको भंगहा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भंगहा नगरपालिका ५ सीतापुरमा बन्न लागेको भवनको आइतबार लोसपाका बरिष्ठ नेता तथा निवर्तमान श्रम तथा रोजगार मन्त्री सरतसिंह भण्डारीले शिलान्यास गरेका हुन् ।
भवन निर्माणका लागि भंगहाका मेयर संजिव कुमार साहका बुबा अशेश्वर साह र आमा फुली सुँडीले १० कठ्ठा १९ धुर जग्गा दान गरेका छन्। उक्त जग्गामा नै भवन निर्माण गर्न लागिएको हो।
१० करोड ९१ लख ४२ हजार ६२३ रुपैयाँको लागतमा भवन बन्न लागेको नगरपालिकाकाले जानकारी दिएको छ।
शिलान्यास कार्यक्रममा जग्गा दाता मेयरका बुबा र आमालाई सम्मान गरिएको छ । मेयर साहका अनुसार सो जग्गाको चलनचलती मूल्य अनुसार डेढ करोड भन्दा बढी मूल्यको रहेको छ ।