काठमाडौं। कुमारी बैंक लिमिटेडले १ लाख ६१ हजार ९५० कित्ता संस्थाफक शेयर विक्रीमा ल्याएको छ । बैंकले कुल कित्ता शेयरमध्ये ३ हजार ५८७ कित्ता अन्य व्यत्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो।
१ लाख ५८ हजार ३६३ कित्ता शेयर भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन्। सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले समेत खरीद गर्न पाऊने गरी विक्री खुला गरिएको थियो ।
शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ ।